असोज १९ सन्धिखर्क । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ । पाणिनि गाउँपालिकामा रहेको पाणिनि पत्रकार समाज नेपालको आयोजनामा आज र भोली (असोज १९ र २० गते) मिडिया सम्मेलन हुन लागेको संस्थाका महासचिव भिम विश्वकर्माले जानकारी दिनुभयो ।
जिल्लाको समग्र विकास र पर्यटन प्रवर्द्धनमा ग्रामीण पत्रकारिताको भुमिका सम्मेलनको मुख्य बिषय रहने समाजका अध्यक्ष प्रकाश प्युठानीले बताउनु भएको छ । सम्मेलनको पाणिनि गाउँपालिकामा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल पाणिनी तपोभुमिमा पुगि घोषणा पत्र जारी गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन जिल्लाका सञ्चारकर्मी तथा पत्रकारलाई अनुरोध गरिएको छ । दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टमा हुने कार्यक्रमको सबै तयारी पुरा भएको महासचिब विश्वकर्माले जानकारी दिनुभएको छ ।