Trend

श्याम घिमिरे, कार्तिक २० – अर्घाखाँची जिल्लामा रहेका निर्जीवन तथा जीवन बिमा कम्पनीमा कार्यरत कर्मचारिहरुको भेला आज सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले लक्ष्मण केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला बिमक संघको पुर्नगठन गरेको छ । जसको उपाध्यक्षमा दिनेश बिकल्प, सचिबमा ऋषिराम भुसाल, सह–सचिबमा शिव बेल्वासे र कोषाध्यक्षमा मिना बस्याल चयन हुनुभएको छ ।

यस्तै समितिको सदस्य सुरेन्द्र बस्याल ,प्रशिद्ध श्रेष्ठ, सुनिता बिसि क्षेत्री,गोकर्ण न्यौपाने,नारायण जिसि,रामकृष्ण बिक,चन्द्र बहादुर सारु ,मालता भुसाल र भरत बन्जाडे रहनु भएको समितका सचिव भुसालले जानकारी दिनुभयो ।

यसैबिच नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भुमिकास्थान नगरपालीकामा बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । भुमिकास्थान नगरपालीकाको कार्यालयमा सोमवार सम्पन्न कार्यक्रममा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापा, भुमिकास्थान नगर प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे , प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य, बिभिन्न शाखामा कार्यरत कर्मचारीलगायत जिल्ला स्थित जिबन तथा निर्जिबन बिमाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस्तै आजै सन्धिखर्कमा निर्जिबन र जीवन बिमामा कार्यरत शाखा प्रमुखहरुसंग भेटघाट तथा परिचय कार्यक्रम समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP