Trend

श्याम घिमिरे
मंसीर ५, अर्घाखाँची

त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्कले–२ ले आफ्नो १३ औं स्थापना दिवस एक कार्यक्रमका बिच मनाएको छ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी ,हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ स्थापित सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा आज मंगलवार संस्थाको कार्यालयमा पानसमा दिप प्रज्ज्वलन गरी शुभकामना आदानप्रदान सहित १३ औं स्थापना दिवस मनाएको हो ।

सहकारीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र सचिब नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द बिसी,पुर्ब अध्यक्ष चन्द्र प्रसाद बन्जाडे, संस्थापक उपाध्यक्ष शोभाखर भुसाल,कोषाध्यक्ष रामप्रसाद पन्थी लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाका सदस्य शिब बेल्वासेले जानकारी दिनुभयो ।

यसैबिच सहकारीले आफ्नो १३ औं स्थापना दिवसको अवसरपारी जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.९ नौलापानी निवासी श्यामलाल नेपालीलाई नगद रु ५ हजार सहित हरलिक्स प्रदान गरेको छ । बिगत १४ बर्षदेखि पेटमा पानी जम्ने समस्या भएका नेपालीलाई उपचारमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत समुदायसंग त्रिबेणी कार्यक्रमलाई लक्षितगरी नेपालीको निवासमै पुगी आर्थिक रमक सहयोग गरीएको संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा संस्था अध्यक्ष घिमिरेसंगै पुर्बअध्यक्ष चन्द्रप्रसाद बन्जाडे,कोषाध्यक्ष टोपलाल खनाल, संस्थापक पुर्बउपाध्यक्ष शोभाखर भुसालसहित शिब बेल्वासे,शालीकराम बन्जाडे,खिमप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

२०६८ सालमा स्थापित संस्थामा हाल १२ सय ४८ जना शेयर सदस्यहरु आबद्ध रहेका छन भने करिब १७ करोडको कुल पूँजी  रहेको छ । यस्तै १० करोड २१ लाखभन्दा माथी ऋण लगानी , १० करोड ५२ लाख बचत र ३ करोड ५२ लाख रुपैयाको शेयर पूँजि रहेको सहकारीका व्यवस्थापक तुल्सी खनालले जानकारी दिनुभयोे । १ करोड ६ लाख रुपैया जगेडा कोष रहेको संस्थाले ९.३ प्रतिशत लाभांस रकम बितरण गरेको व्यवस्थापक खनालले बताउनुभयो । संस्थाले बिभिन्न सामाजीक कार्यसंगै सचेतनामुलक गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP