सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
मंसिर ६ अर्घाखाँची
हरिबोधनी एकादशीको दिन भाेलि सन्धिखर्क नगरपालिकाले स्थानिय बिदा दिएको छ । सन्धिखर्कमा हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी हुने भएकोले स्थानिय बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो । नगरप्रमुख स्तरीय निर्णय गरी नगरपालिकाले सार्वजनिक बिदा दिएको भुसालले बताउनुभयो ।नगरपालीका कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालयहरु, सबै शिक्षण संस्थाहरु, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीलगायतका कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख गरीएको छ ।


Last Updated on: November 22nd, 2023 at 10:05 am
३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया