श्याम घिमिरे,
पुस १६ अर्घाखाँची,
संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पालि ठकुरीले संस्कृत शिक्षाको जगेर्ना गर्न राज्यको आँखा जानुपर्नेमा जोड दिनुभएको छ । सोमवार सन्धिखर्कमा आयोजित पशुपति क्षेत्र बिकाश कोषद्वारा सन्धिखर्कमा रहेको पाणिनि बेद विद्याश्रम मा.बि लाई बिनियोजित रकम रु.तीस लाख रुपैयाको चेक हस्तान्तरण गर्दे राज्यमन्त्री सिर्पालिले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय समाजमा बिस्तारै मानवता हटदै गएको भन्दै सिर्पालिले त्यसलाई जोगाउन धर्म संस्कृतिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले संस्कार र पहिचान जोगाउन सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । बिद्यालयलाई संरक्षण गर्ने जिम्मा हामी सबैको भएको बताउदै सिर्पालिले पबित्र कार्यमा राजनिति उद्देश्य राख्न नहुने बताउनु भयो ।
आफु शिद्धेश्वर शिवालयमा गएको समयमा बिद्यालयको अबस्थाको बारेमा निबेदन गरेकोले रकम बिनियोजन गर्न सफल भएको भन्दै उहाँले ३० लाख रकमको अक्षय कोष स्थापनाले बिद्यालयको पठनपाठनमा सहयोग पुग्नेमा विस्वास व्यक्त गर्नुभयो । सिर्पालिले लोप हुदै गइरहेको संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न बिद्यालयल सफल हुने भन्दै बिद्यालयको समग्र बिकासमा आफु लागीपरिरहने प्रतिबद्धतापनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले हरेक किसिमका पुजाआजामा संस्कृत बिषय अध्यन गरेका गुरुहरुको आबश्यक पर्ने गरेको भन्दै गुरुकुल शिक्षाको बिकासमा सबैले जोड दिनुपर्ने बताउनुभयो । श्रेष्ठले बिद्यालयलाई नगरपालीकाले सहयोग गर्दे आइरहेको स्मरण गराउदै आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउनेमा बिस्वास समेत दिलाउनुभयो ।
सन्धिखर्क नगर शिक्षा प्रमुख मन्जु आचार्यले राज्यले शिक्षालाई उच्च प्राथमिकता दिइरहेको भन्दै नगरभित्रका शिक्षण संस्थाको बिकासमा आफुहरु लागीपरिरहेको बताउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक भेषराज पौडेलले बिद्यालय सञ्चालनमा समस्या परिरहेको अबस्थामा यस प्रकारको सहयोगले अध्ययन अध्यापनमा टेवा पुग्ने बताउनुभयो । पौडेलले संस्कृत शिक्षा पुर्णरुपमा बिज्ञान सम्मत रहेको र विश्वमा व्यापकता ल्याएको भन्दै पबित्र आत्मकासाथ सञ्चालन गरिएको संस्थालाई सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।


बिद्यालय सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसालको अध्यक्षता,शिक्षक भाग्यश्री खनालको स्वागत मनतब्य र केबशराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि संगै बिभिन्न राजनितिक दलका प्रतिनिधि,सामाजिक एवं धार्मिक व्यक्तित्व,पत्रकार लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
निशुल्क आवासीय सुबिधा सहित २०७३ सालमा स्थापित बिद्यालयमा ६ देखी १० कक्षासम्म पढाई भईरहेको बिद्यालयका प्रधानाध्यापक पौडेलले बताउनुभयो । अहिले ४० जना बिद्यायार्थीहरु (वटुक ) अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।





