Trend

श्याम घिमिरे,
माघ १ अर्घाखाँची-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले आफु नेतृत्वको सरकारको प्रयासका कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको बताउनु भएको छ । विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै हुनुलाई त्यसको एउटा उदाहरणको रुपमा प्रस्तुतगर्दे प्रचण्डले पर्यटन क्षेत्रमा पनि यही वर्षनै नेपालको इतिहासमै सबैभन्दा धेरै पर्यटक आगमन भएको वर्षका रुपमा रेकर्ड बनाएको दाबि गर्नुभयो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सोमवार सन्धिखर्कमा गरेको पर्यटन  पर्बद्धन  कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले विदेशी मुद्राको संचितिमा प्रगति भएको, पर्यटक आगमनमा वृद्धि भएको, बैङ्कको ब्याज कटौती गरिएको, सहकारी र लघुवित्तका समस्या सम्बोधन भएका, भुक्तानी सन्तुलन, विप्रेषण वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको बताउनुभयो ।

प्रधानमन्त्री दाहलले अन्तराष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्रगति भएको, आफ्नो चीन र भारत भ्रमणका साथै विश्व खाद्य सम्मेलन, राष्ट्रसंघिय महासभा, विश्व जलवायु सम्मेलन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र यसै साता युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा आफूले गर्ने सम्बोधनले पनि देशको अन्तराष्ट्रिय छवि अझ उचो हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा यस वर्ष अभियानकै रुपमा महोत्सवहरु आयोजना हुनु अर्थतन्त्र सुधारका दृष्टिले शुभसङ्केत भएको बताउनुभयो । प्रचण्डले देश र जनताको पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताउँदै कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई पदबाट हटाउने चेतावनी समेत दिनुभयो ।

माओबादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले अर्घाखाँचीको सिद्धारा–जलुके लगायतका क्षेत्रमा जनयुद्धकालमा आफू भौतिक रुपमै पुगेको स्मरण गर्दै यस क्षेत्रको पर्यटकीय विकासका निम्ति आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले अर्घाखाँचीको विकासमा संघिय सरकारले प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले अर्घाखाँचीको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यको प्रशंसा समेत गर्नुभयो ।

यसैबिच प्रधानमन्त्री प्रचण्डले गोरुसिङ्गे–सन्धिखर्क सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेटको उचित व्यवस्थापन गर्ने बताउनुभयो । प्रचण्डले जिल्ला अस्पतालको स्तरोन्नती गर्ने , पाणिनि बहुमुखी क्याम्पसको स्तरोन्नती गर्ने, अर्घा भगवती विमानस्थलको निर्माण कार्यलाई अगाडी बढाउने,सन्धिखर्क–सालझन्डी–ढोरपाटन सडक संगै गच्छे–भालुबाङ सडक र नौमुरे जलविद्युत योजनाको कामलाई संघीय सरकारले उच्च प्राथमिकता दिएको पनि जानकारी दिनुभयो । उहाँले जिल्लाका ६ वटै स्थानिय हतको विकासमा संघिय सरकारले ध्यान दिनेपनि प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुर्ब उपसभामुख पुष्पा भुसाल,संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पालि,लुम्बिनि प्रदेश सांसद रामजी प्रसाद घिमिरे,जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइराला,नेपाल पत्रकार महासंघका केन्दिय अध्यक्ष बिपुल पोख्रेललगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको स्वागत मनतब्य र हृदय कुमार भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP