
श्याम घिमिरे,
माघ १८ अर्घाखाँची,
काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचन अगाडि गठबन्धन गर्दा विचारमा विचलन हुँदै गएको भन्दैै २०८४ सालको निर्वाचनमा गठबन्धन नगर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले बिहिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले निर्वाचनमा गठबन्धन नगरिएपनि परिणाम घोषणा पछिभने सहकार्य हुनसक्ने बताउनुभयो ।

समुदाय संग काँग्रेस अभियानको अनुगमन तथा निरीक्षणका लागि अर्घाखाँची आएकि संग्रौलाले मुलुकको समृद्धिकोलागी अहिले गठबन्धनको आबश्यकता भएपनि ०८४ को निर्वाचनमा भने गठबन्धन नगर्ने बताउनुभयो । काँग्रेस सत्ताको लागीमात्र नभइ देश बिकासमा पनि गम्भिर रहेको बताउदै संग्रौलाले संघिय सरकारको कामप्रति आफुहरु सन्तुष्ट नभएको बताउनुभयो । उहाँले जनभावना अनुसार सरकारलाई कामगर्न आग्रह समेत गर्नुभयो ।
एक फरक प्रसंगमा संग्रौलाले काँग्रेसले इतिहासमै पहिलो पटक वडा समिति सम्मको पहुँचको पहिचान गर्ने कामको शुुरुवात गरेको भन्दै जनतासँग प्रत्यक्ष जोड्ने गरी सञ्चालन भएको समुदाय संग काँग्रेस अभियानले काँग्रेसमा नयाँ जोस र जागर पैदा हुनेमा बिस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गंगा साही, लुम्बिनी प्रदेश उपसभापति भुबन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सहमहामन्त्री निमा गिरी, काँग्रेस अर्घाखाँचीका सभापति केसब श्रेष्ठ, सचिब कृष्णप्रसाद खनाल, पुर्र्ब सभापति कमल प्रसाद भुसाल,महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल प्रेस युनियन अर्घाखाँची अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता पुर्ब अध्यक्ष विरेन्द केसीको स्वागत मन्तव्य र सचीव विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।