Trend
बिहिबार , फागुण २८, २०८२

श्याम घिमिरे
२०८२ बैशाख १९ सन्धिखर्क

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को अवसरमा कम्प्युटर एसोसिसन (क्यान) महासंघ अर्घाखाँचीले सुक्रवार सदरमुकाम सन्धिखर्कमा साईबर सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम को आयोजना गरी दिवस मनाएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका सुचना प्रविधि अधिकृत बिशाल महतले विज्ञान प्रविधिको प्रयोग संगै यसको दुरुपयोग बढेकोले संवेदनशीलता अपनाउनु पर्नेमा जोड दिनुभयो । पछिल्लो समय ईन्टरनेटको दुरुपयोग बढेकाले ईन्टरनेटमा पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने खालका सुरक्षित पासवर्ड राख्ने र तीन/तीन महिनामा परिवर्तन गर्ने, घरपरिवार आफन्त, साथीभाइ आदीको नाम, जन्म मिति, फोन नम्बरलगायत सजिलै पत्ता लगाउन सकिने पासवर्ड नराख्ने, अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल वा शंकास्पद इमेललाई तत्कालै स्पाम रिपोर्ट गरेर डिलिट गर्ने, इमेल एसएमएस र फोनमार्फत पासवर्ड, ओटीपी, बैंक एकाउन्ट नम्बर र पीन कोडहरु नपठाउ पनि महतले आग्रह गर्नुभयो ।

सामाजिक सञ्जाल र नेटवर्किङ साइटहरुमा व्यक्तिगत जानकारीको प्रयोग र प्रचार सिमित र नियमित गर्ने, कुनै फ्रेन्ड रिक्वेस्ट, फलो वा च्याट रिक्वेस्ट स्वीकार गर्नुअघि व्यक्तिको भेरिफिकेशन जाँच गर्ने, अनावश्यक लिङ्क रफाइलमा क्लिक नगर्ने र कुनै पनि प्रमाणित नभएका वा आन्तरिक जानकारी र दस्तावेजलाई सामाजिक सञ्जालमा शेयर नगर्ने मोबाइल फोन हराएमा वा चोरी भएमा उपयोगी हुन साबधानी अपनाउनु पर्ने लगायतका कुराहरुमा ध्यानदिन महतले सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष कुष्ण बर्माले ईन्टरनेटरको प्रयोग सँगै यसको संवेदनशीलता अपनाउनु पर्ने आजको प्रमुख आबश्यकता भएको बताउनुभयो । कार्यक्रममा क्यान महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष दिपक नेपाली, सहसचिव दिपक अधिकारी, सन्धिखर्क नगरपालिका रोजगार संयोजक शालिकराम नेपाली विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरु सहित कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम क्यान अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, उपाध्यक्ष बिष्णु प्रसाद भुसालको स्वागत मन्तब्य र सचिव बिष्णु प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

सन्धिखर्क एफएमलाई शुभकामना

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा


TOP