Trend
शनिबार , फागुण १६, २०८२

श्याम घिमिरे फागुन १४, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ले ४४ औँ राष्ट्रिय मगर दिवसका अवसरमा फागुन १५ गते नगर क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको छ । मगर समुदायको मौलिक सांस्कृतिक पहिचान, ऐतिहासिक योगदान तथा सामाजिक भूमिकाको सम्मानस्वरूप एक दिन स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार उक्त दिन नगरभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य स्थानीय निकायहरू बन्द रहनेछन् ।

मगर समुदायको भाषा, कला, संस्कृति, परम्परा र ऐतिहासिक गौरवको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फागुन १५ गते राष्ट्रिय मगर दिवस मनाइँदै आएको छ। दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

यसैबीच राष्ट्रिय मगर दिवसको अवसरमा नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै मगर समुदायले नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा वीर पुर्खाको साहसिक विरासत बोकेको मगर जातिले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको संरक्षणमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिएको छ । साथै, मगर समुदायको मौलिकता र ऐतिहासिक गौरवको सम्मान गर्दै यस दिवसले आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । नगरप्रमुख श्रेष्ठले राष्ट्रिय मगर दिवसले सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएमलाई शुभकामना

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP