Trend

चैत १४ – नेकपा एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरेको हो ।बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र  नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा र भर्त्सना पनि गरेको छ । शनिबार एक बिहानै अध्यक्ष ओली पक्राउ परेपछि बसेकाे आकस्मिक बैठकले ओलीको रिहाइको विषयलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय पनि गरेकाे छ।  बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढ साथ र सहभागितामा आन्दोलनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

घोषित कार्यक्रमअनुसार आजै अपराह्न ३ बजे देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गरिनेछ।  त्यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीसमक्ष विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ। एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने पनि निर्णय गरेको छ।  पार्टीले ओलीको गिरफ्तारीलाई राजनीतिक प्रेरित कदमको रूपमा व्याख्या गर्दै यसको विरोधमा देशव्यापी दबाब सिर्जना गर्ने रणनीति अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP