
बहर मुजारे अखरब
काफिया बन्धन आइ
रदिफ दिन्छु
रस शृङ्गारिक
सूत्र २२१ २१२२ २२१ २१२२
ल्याएर फूलमाला सिउँदो सजाइदिन्छु
खोलेर बात मनको ऊर्जा बढाइदिन्छु
नौलो छ रोग उनको जाँचेर हुन्न भन्दै
डाक्टर बनेर आफैँ जोबन थमाइदिन्छु
कोमल नयनहरूले जिस्क्याउँदा मलाई
सेवा गरेर तिम्रो पीडा भगाइदिन्छु
आजन्म साथ मागी छोपेर हात तिम्रो
लाली अधर टपक्कै आफैँ जुधाइदिन्छु
चोखो म दिन्छु माया शङ्का नगर्नू प्यारी
पुतली🦋 बनेर फेरि चर्चा चुलाइदिन्छु ।
✍️डिल्लीराज घिमिरे (सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची