Trend
बिहिबार , माघ २, २०८२

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाईमा आजदेखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदैछ ।

व्यक्तिका व्यक्तिगत घटनाहरु तोकिएको समय अर्थात घटना भएको ३५ दिनभित्र अनिवार्य रुपमा दर्ता गराउनुपर्छ भन्ने सन्देश आम नागरिकमा पुर्‍याउन सप्ताह मनाउन थालिएको हो । सरकारले सन् २०२४ को अन्त्य सम्ममा जन्म, मृत्यु, विवाह, बसाइँ सराइ, तथा सम्बन्ध विच्छेद लगायतका सबैखाले व्यक्तिगत घटना दर्ता गराउने लक्ष्य राखेकाले सबैलाई सबैखालका घटना दर्ता समयमै गराउन विभागले आग्रह गरेको छ ।

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता र पासपोर्ट बनाउन, नाबालक परिचयपत्र बनाउन, बैंक खाता खोल्न, नाता कायम गर्न, जीवन बीमा गर्नका साथै विभिन्न सरकारी सेवा, सुविधा तथा हक स्थापना गर्न आवश्यक पर्छ ।

जुन बेलामा आफूलाई चाहिन्छ त्यही बेलामा घटना दर्ता गर्दा राज्यसँग अभिलेख नहुने र अभिलेखका अभावमा राज्यले दिने सेवा सुविधाको बाँडफाँड, बजेट विनियोजन, नीति निर्माणमा समस्या देखिने गरेको छ । यही अन्योल राज्यले बेहोर्नु नपरोस् भनेर समयमा नै घटना दर्ता आवश्यक रहेको विभागमा महानिर्देशक युवराज कटेलले बताउनुभयो । उहाँका अनुसार राज्यले दिने सेवा सुविधा विस्तार, नीति निर्माणका साथै दोहोरोपनालाई हटाउन पनि घटना दर्ता आवश्यक छ ।

व्यक्तिगत घटना दर्ताको महत्व सबैलाई बुझाउन ७५३ पालिकाका ६ हजार ६९१ वडा कार्यलयबाट काम भैरहेको विभागले जनाएको छ । विभागका अनुसार अहिले १५ देशका नेपाली नियोगबाट पनि घटना दर्ता हुने गरेको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP