Trend
बुधबार , फागुण ६, २०८२

शोभा कडरिया कोइराला पाल्पा

आगो बल्दछ घोर कष्टमयमा, निस्केर धूवाँ पनि,
त्यो धूवाँ जनले नहेर्न मनमा, धिक्कार्दछन् ती पनि ।
शिक्षाको पथमा म जल्छु कसरी, को बुझ्दछ रत्तियो,
आफैँ भै निखरो अज्ञान हरुँला, संसार देखुन् नवो ।

अन्धकार छर्दै यो कुमार्ग जनमा, घुम्दैछ सर्वत्र नै,
साँचो बाटो छर्लङ्ग देखाउन यहाँ, खोज्दैन कोही कुनै ।
सद्भावै मनमा लिई म हिँड्छु, सम्झाउँदै सत्यता,
आशा गर्छु बुझून् अनन्त सुखमा, पाऊन् सबै भव्यता ।

पुस्तक कति पल्टाउँदै दिनहरू, बित्दा हुरीझैँ यहाँ,
नयाँ ज्ञान बुझाइदिन्छु सबलाई, बुझ्दैन कोही कहाँ ।
आफू नै अपुरो बनी किन सदा, दिन्छु म पूर्णता,
मैले पाएँ कि नाइँ कुनै खुशी, खोज्दिन यो रत्तिता ।

कोही डाक्टर बन्दछन् कति यहाँ, कोही ठुला इन्जिनियर,
कोही न्याय दिलाउने सबल ती, कोही बने छन् ब्यापार
ती सबै सपना बनी उडेछन्, आफैँ बनेर माथि नै,
मेरो कर्म भनेर गर्छु म सदा, बस्छु म सन्तोषमै ।

ज्योती बनी सदा म जल्न चाहन्छु, यो मार्गमा हिँड्दछू,
अज्ञानै हरियोस्, प्रकाश मिलोस्, यो कामना गर्दछु ।
यस्तो कर्म गरी नथाक्ने म यहाँ, सन्तुष्टि मिल्दा मलाई,
मैले नै भवितव्य बुझेर गर्छु, पर्खिन्नँ कुनै गुन लाई ।।

प्रकाशन मिति : २०८२ भदौ ७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP