Trend

श्याम घिमिरे,
माघ १२ अर्घाखाँची —
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन्धिखर्क नगर कमिटी, अर्घाखाँचीको आयोजनामा नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ ।

पार्टी संगठनलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनलाई जनताको पक्षमा निर्णायक बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा नेता, कार्यकर्ता, जनवर्गीय संगठन तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमले सन्धिखर्क क्षेत्रमा एमालेप्रति जनआस्था थप बलियो बनेको सन्देश दिएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले पार्टीमा इमान्दारिताका साथ काम गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि जनताकै साथमा रहेर सेवा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो । भुसालले मतदाताको शिर उचो हुनेगरी, जनताको मतको सम्मान हुनेगरी हरेक राजनीतिक निर्णय लिइने स्पष्ट पार्नुभयो ।

उम्मेदवार भुसालले निर्वाचित भएपश्चात अर्घाखाँची जिल्लाका दीर्घकालीन समस्या समाधानका लागि संसदमा प्रभावकारी नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने बताउनुभयो । विकास निर्माण, जनअधिकारको संरक्षण र समावेशी समृद्धिका लागि ठोस नीति निर्माणमा आफू प्रतिबद्ध रहने उहाँको भनाइ थियो । राजनीतिलाई पेशा होइन जनसेवाको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिँदै भुसालले जनताको विश्वास र सक्रिय सहभागिताबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरिता भुसालले मन्तव्य राख्दै एमाले नै मुलुकलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा लैजान सक्ने निर्णायक शक्ति भएको उल्लेख गर्नुभयो । उहाँले संगठनलाई जनतासँग जोड्दै अनुशासित र जनमुखी राजनीतिमार्फत मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले नेताहरू नरेन्द्र कुमार क्षेत्री र जनार्दन खनालले पनि मन्तव्य राख्दै पार्टीलाई अझ सशक्त बनाएर आगामी निर्वाचनमा विजय हासिल गर्न कार्यकर्ता पंक्ति एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो । बैठकले संगठन विस्तार, चुनावी रणनीति र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउने निर्णयसहित सम्पन्न भएको एमाले नगरकमिटी का.वा अध्यक्ष नारायण खड्काले जानाकारी दिनुभयो छ । कार्यक्रम सन्धिखर्क नगरकमिटी कावा अध्यक्ष खड्काको अध्यक्षता आशा परियारको स्वागत मनतब्य र तुल्सीराम रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP