केपी भुसाल ’अजस’
(१)
मनुष्य चोला चरमा महान,
बन्दै छ मान्छे सनकी अजान,
रहेछ तृष्णा मनुला विषाद ,
भेट्दैन कोही सहजै निकास,
(२)
संसाार भित्री बुझदा सचित्र,
भेटिन्छ मान्छे मनका विचित्र,
बक्दैन कोही मनको खुलस्त,
वहार हुन्छन् मुखले दुरुस्त,
(३)
कतै छ पीडा गदले लतारी,
छ पेट खाली नहुदा भकारी,
दया र मायाँ मनले लगारी,
भर्दै छ कोही धनका भकारी,
(४)
छ भित्र आत्मा विष तीरधारी,
हट्दैन बाधा मुखले पुकारी,
ज्ञानी बनेर मनपेट जानि,
पीडा हटाएर भइन्छ नामि,
(५)
सक्छौ अरूला उपदेश देउ,
साच्चै छ दया दुःखमा सघाउ,
विकार तिम्रा मनका जगाइ,
न भाग आफै दुखमा फसाइ,
(६)
स्वकर्म आफ्नो गरदा सुचाल,
इर्ष्या र कुण्ठा लिनु हो कुचाल,
सच्चा कमाए फलदार हुन्छ,
लुटे ठगेमा मुटु मात्र जल्छ,
(७)
मनुष्यको देह बहार गर्न,
सक्दैन कोही धनले खरिद् न,
जुनी अनौठो नरको विचित्र ,
सक्दैन हेलै बुझनै सचित्र,
(८)
अमुल्य यो मानव देहलाई,
इज्यत गरौं बहिनी र भाइ,
उद्योग गर्दा फल हात लाग्ला,
सत् कर्म गरौं मनुष्य चोला ।।
प्रकाशन मिति :२०७९ पुष २०