Trend

के पी भुसाल ’अजस’

क्षमा दिनु महादान, दानीहो सत मानव ।
लिनेमा नभए ज्ञान, हुनेछ मूर्ख दानव ।।

दुखमा साथमा हुन्छ, सुख र हर्षमा अनि ।
हितैषी मित्रहो जान,धोका दिन्न कतैपनि ।।

भोकोलाई दिए खाँना,रक्षा नै हुन्छ जीवन ।
खाएको मनुता भन्छ,दिदैछौ न्यस्त नै किन ? ।।

प्यासीका मुखमा पानी, हुनेछ अमृतैसरी ।
जलमा पौडने माछा, हेर्दैन नभको झरी ।।

लिएको तैरदा लाठी, भुल्ने नै मूर्खहो अति ।
फर्कदा नमिले फेरि, बेहोर्ला उसले क्षति ।।

पापीको मनमा हेर, पापकै हुन्छ संचित ।
कालोचस्मा लगाएर , देखिदैन यथोचित ।।

संसार गतिमा हुन्छ, रोकिदैन निमेष अनि ।,
चलायमान हो धर्ती, थिर हुन्न कुनैपनि ।।

अरूको भरमा चल्ने, हुन्न वीर कदाचित।
रूखको पात नै हेर,शक्ति नै हुन्न संचित।।

जिन्दगीमा कतै दुःख,हुन सक्छ सनातनी ।
गुनासो सुखमा सुन्छन्,दुखमा विरलै पनि ।।

जन्मदा मृत्युमा हुन्छ, अरूकै भर सौरभ ।
के गर्नु बिचको जीवन ?,भुलेर अति गौरव ।।

नारीको मान सम्मान गरेमा हुन्छ है हित ।
घरका परका नारी एकै देख्दै यथोचित ।।

क्षमाशील गुणी मान्छे,समाजमा भए यदि ।
विकास सहजै हुन्छ, हुने छैन अधोगति ।।

दया माया तथा ज्ञान,घट्दैन खर्चदा भनि ।
क्षिपाएर नराखेमा, भलो हुन्छ अरू पनि ।।

प्रकाशन मिति  :२०८१ बैशाख ७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP