
के पी भुसाल ’अजस’
दाजुभाइ नेपालका सारै दुख पाए,
गणतन्त्र नआए सम्म भोकभोकै रहे ।
भोक मेट्न पेटभर्न इँटा समेत् खाए ।
खाँदाखाँदै हरिसिध्दि कार्खानाजो भ्याए ।।

कागजको कार्खानाले सारै दुख भयो,
उत्पादन थोरै भयो माग धेरै बढ्यो ।
दाजुभाइ बाठा हाम्रा कागज खाँन थाले,
खाँदाखाँदै भृकुटीको कार्खानाजो ढाले ।।
राम्राकाम गर्नुपर्छ दुखगर्नु छैन,
भन्नथाले नेपालीले जुता सिउेने हैन ।
सारैपीर गर्नथाले आँखा उतै तारे,
बाँस्बारीको छालाजुता ढुटिमुटी पारे ।।
नेपालीले नेपालमै केको दुख गर्ने ?
भन्नथाले दाजुभाइ राहत् अब दिने ।
रोज्गारका उद्योगधन्दा थाले बेच्न गन्दै,
बसीबसी खाँनमिल्छ नेपालमा भन्दै ।।
हेटौडाको सिमेन्ट र कपडाको उद्योग,
जुट्मिल र बेचिभ्याए ढलौटको उद्योग ।
बालाजुको कपडा र बुटबल्को धागो,
कति कुरा गर्नु हजुर काँचोछाला खाको ।।
धेरै बेचे उद्योगधन्दा गनिसाध्य छैन,
स्वदेशका मज्दुरला मिल्यो सास्ती चैन ।
हात्तीछाप पड्काउ्नेले मिठो मिठो खाए,
बेरोज्गार हुनेहरू खाडी जान पाए ।।
महाकाली संझौतामा , गरे केही आश,
राम्रै भयो फाइ्दा पनि,बनाइहाले बास ।
ललिताको निबास र गिरिबन्धु अनि,
थुकै नलाइ् खाए हजुर् वाइड् बडी पनि ।।
बत्तिस् किलो मात्र हैन अठ्तीस् क्विन्टल गन,
धनी खान्छन् सुनैसुन छैन कतै नुन ।
बाख्रा खाए खोजीखोजी सर्प लुकीक्षिपी,
बालुवाटार् पचेनरे कहाँ बिग्रो नीति ।।
दाजुभाइ सरणार्थी बनाउदा अनि,
दुखपर्दा साथदिने सहकारी पनि ।
खाँदै गए दाजुभाइ कति खाए खाए ।
लाउ्डा खाए ओम्नी खाए सक्नेजति खाए ।।
प्रकाशन मिति : २०८१ फागुन १९