Trend
सोमबार , मंग्सिर ३०, २०८२

                                                                                      के पी भुसाल ’अजस’

फलामे सिक्री जुताको माला लाउने हरूझन्,
ढाकाको खादा फूलको माला लाएर हिड्दैछन् ।
झोले नै गर यिनको स्वागत् अरूता मान घिन्,
लाउने भन्दा लाइ्दिने मूर्ख धर्तीले भन्दैछिन् ।।

शहीद्को रगत् अपमान् गर्ने पापी र धुर्तझन्,
निधार भरी अबिर घसी विजय भन्दैछन् ।
कालो र मोसो यिनला किन घसेनौ भनेर,
सराप दिन्छन् पीडाले होकि सहिद रोएर ।।

इज्जत भए इज्जत जान्छ नभए के जान्छ ?
लाज नि भए लाग्ने हो लाज लाछीला के लाग्छ ?
बाटोमा फोहर् गर्नेला हैन देख्नेला श्रम हो,
जे गर्छ पापी पापनै गर्छ आशा नै भरम् हो ।।

जन्मिए कंस पवित्र भूमि नेपाल देशमा,
दया र माया सेवा र धर्म छैन कि यिनमा ।
नखाँने खाँदै आफन्त पोस्दै जाल् बुन्छन् अनेक,
उनायो फुल्ला रसाउ्ला पत्थर राख्दैनन् विवेक ।।

नखरा काम जो गरे यिन्ले बाँकि जो केही छैनन्,
हजार जिभ्रे शेषनाग् पनि गनेर भ्याउ्दिनन् ।
दुष्कर्म यिनले के कति गरे आफैले जान्दछन् ।
धर्तीमा अरू जान्दैन कोही ईश नै जान्दछन् ।।

विकास् का काम यिनले गर्ने भाषणै मात्रहो,
हात्तीको दाँत बाहिरी दाह्रा देखाउ्ने जस्तोहो ।
चुनाव आउ्दा गाउँघर् डुल्दै जाल् धेरै बुन्दछन्,
विकास गर्ने लेखेर लिष्ट कापी नै भर्दछन् ।।

घरघर डुल्दै टिकेट माग्दै चेपारो पार्दछन्,
झोले र दास सुरक्षा दिदै दशैं पो मान्दछन् ।
दारु र मासु के कुरा गर्नु कनीका छर्दछन्,
निरीहहरू खुसीले मक्ख कनीका टिप्दछन् ।।

के गर्नु अझै बखान यिन्का गरेर भ्याइन्न,
धर्तीको आँशु पुछेर हिड्ने खै किन देखिन्न ।
आशाता गरौं क्वै दिन होला न्याय र निसाफ ,
जन्ताको हक दिलाइ छाड्ने गर्लानी विकास ।।

प्रकाशन मिति : २०८२ बैशाख ५

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८२ सोमबार 13 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 25 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 22 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 22 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 28 Views

गजल

  अषोज ११, २०८२ शनिबार 29 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP