
के पी भुसाल ’अजस’
फलामे सिक्री जुताको माला लाउने हरूझन्,
ढाकाको खादा फूलको माला लाएर हिड्दैछन् ।
झोले नै गर यिनको स्वागत् अरूता मान घिन्,
लाउने भन्दा लाइ्दिने मूर्ख धर्तीले भन्दैछिन् ।।

शहीद्को रगत् अपमान् गर्ने पापी र धुर्तझन्,
निधार भरी अबिर घसी विजय भन्दैछन् ।
कालो र मोसो यिनला किन घसेनौ भनेर,
सराप दिन्छन् पीडाले होकि सहिद रोएर ।।
इज्जत भए इज्जत जान्छ नभए के जान्छ ?
लाज नि भए लाग्ने हो लाज लाछीला के लाग्छ ?
बाटोमा फोहर् गर्नेला हैन देख्नेला श्रम हो,
जे गर्छ पापी पापनै गर्छ आशा नै भरम् हो ।।
जन्मिए कंस पवित्र भूमि नेपाल देशमा,
दया र माया सेवा र धर्म छैन कि यिनमा ।
नखाँने खाँदै आफन्त पोस्दै जाल् बुन्छन् अनेक,
उनायो फुल्ला रसाउ्ला पत्थर राख्दैनन् विवेक ।।
नखरा काम जो गरे यिन्ले बाँकि जो केही छैनन्,
हजार जिभ्रे शेषनाग् पनि गनेर भ्याउ्दिनन् ।
दुष्कर्म यिनले के कति गरे आफैले जान्दछन् ।
धर्तीमा अरू जान्दैन कोही ईश नै जान्दछन् ।।
विकास् का काम यिनले गर्ने भाषणै मात्रहो,
हात्तीको दाँत बाहिरी दाह्रा देखाउ्ने जस्तोहो ।
चुनाव आउ्दा गाउँघर् डुल्दै जाल् धेरै बुन्दछन्,
विकास गर्ने लेखेर लिष्ट कापी नै भर्दछन् ।।
घरघर डुल्दै टिकेट माग्दै चेपारो पार्दछन्,
झोले र दास सुरक्षा दिदै दशैं पो मान्दछन् ।
दारु र मासु के कुरा गर्नु कनीका छर्दछन्,
निरीहहरू खुसीले मक्ख कनीका टिप्दछन् ।।
के गर्नु अझै बखान यिन्का गरेर भ्याइन्न,
धर्तीको आँशु पुछेर हिड्ने खै किन देखिन्न ।
आशाता गरौं क्वै दिन होला न्याय र निसाफ ,
जन्ताको हक दिलाइ छाड्ने गर्लानी विकास ।।
प्रकाशन मिति : २०८२ बैशाख ५