Trend

सन्धिखर्क एफएम,
पुष २२ अर्घाखाँची-
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना विधि पूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आज देखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्न कालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्य बीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।

यसै अवसर पारेर सन्धिखर्क एफएम ८९ थोप्लो ८ मेगाहर्जले आज पुष २२ गते देखी माघ शुक्ल पूर्णिमा सम्म श्री सिद्धेश्वर शिवालय मन्दीरका पुजारी सुमन्त पोख्रेलको मुखार बिन्दुबाट प्रत्यक दिन साँझ साढे ७ बजेदेखी स्वस्थानि बर्तकथा बाचन गर्ने रेडियोले जनाएको छ । बर्तकथा रेडियोको अलवा हाम्रोपात्रो र नेपाली पात्रो मोवाईल एप्लीकेसन तथा सन्धिखर्क एफएमको फेसबुक वालामा पनि सुन्न सकिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP