Trend

श्याम घिमिरे,
फागुन २१ अर्घाखाँची –

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आइतबार एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खखल गतिबिधि नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल,अण्डा र फोहोरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गर्ने बताउनुभयो । प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन समेत आग्रह गरेको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि अपराधिक गतिविधि हुन लागे वा भएको थाहा भए तत्काल नेपाल प्रहरीको हटलाइन १०० नम्वरमा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP