बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे,
फागुन २४ अर्घाखाँची –
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले देशमा भएका हरेक परिवर्तनमा महिलाहरुको अहम भुमिका रहेको बताउनु भएको छ । बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा सन्धिखर्क नगरपालीकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । कोइरालाले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । कोइरालाले नारी दिवसमा महिलाका विषयका मात्र कुरा उठ्दै आएको सन्दर्भमा महिलाका कारण पीडित भएका पुरुषहरूको बारेमा पनि बहस शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सबैखाले बिवेद्लाई हटाउन सबै एकजुट हुनुपर्नेमा जोड समेत दिनुभयो ।

सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्यको अध्यक्षता,महिला सन्जाल अर्घाखाँचीका अध्यक्ष इश्वरा पोख्रेलको स्वागत मनतब्य र तुल्सा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल, सन्धिखर्क नगर शिक्षा शाखा प्रमुख मन्जु आचार्य, जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक रोजिना घिमिरे, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल, लगायतले शुभकामना मनतब्य राख्दै महिलाको अर्थपूर्ण सहभागीतामा जोड दिनुभएको थियो ।

यसैबिच महिला दिवसको अबसरमा कुर्सि दौड र सन्देशमूलक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ८ वटा समुहको सहभागीता रहेको लोक नृत्य प्रतियोगितामा मनकामना महिला बिकास तथा सहकारी संस्था सनपा १० प्रथम, घोचाखोला महिला समुह सनपा २ द्वितीय, शान्ति महिला समुह सनपा २ तृतीय र लालि गुँरास   बचत तथा ऋण सहकारी संस्था लिमिटेड सनपा ८ ले सान्त्वना स्थान हासिल गरेका छन ।

यस्तै कुर्सी दौड तर्फ लक्ष्मी खनाल प्रथम, रिता मरासिनीे द्वितीय, तिलका भुसाल तृतीय र बिमला भुसालले सान्त्वना स्थान प्राप्त गर्नुभएको हो । बिजेताहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । यसबर्ष लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार, भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ ।

 


Last Updated on: August 24th, 2024 at 4:59 am
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया