Trend

श्याम घिमिरे ,
बैशाख ७ –
अर्घाखाँची बाँके मिलन केन्द्रको आयोजनामा भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना एवं कार्यसमितिलाई प्रमाणपत्र बितरण  कार्यक्रम बुधवार सम्पन्न भएको छ । कार्यक्रममा संविधानसभा सदस्य देवराज भार, प्रहरी उपरीक्षक मित्र बन्दु शर्मा, धनौलि प्रहरी ईन्चाज प्रहरी निरिक्षक सन्दिप बेल्वासे, विधिविज्ञान प्रयोगशाला बाँकेका प्रहरी निरिक्षक यमलाल बस्नेत, प्रहरी नायव निरिक्षक राजेन्द्र बस्नेत, सामाजिक अभियान्ता पुजन विश्वकर्मा, संरक्षक प्रभात ठकुरी,केन्द्रका सल्लाहकारहरु वीर क्षेत्री, मान बहादसर बेल्वासे, जनार्जन पोख्रेल,कार्य समिति पदाधिकारी तथा सदस्यलगायत अर्घाखाँची जन्मथलो भई हाल बाँकेमा स्थायी तथा अस्थाई रुपमा बसोबास गर्दै आएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

केन्द्रका अध्यक्ष बिष्णु खनालको अध्यक्षता र कृष्ण मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ बर्ष २०८० को शुभकामना दिनुका साथै अर्घाखाँचीलाई पर्यटकिय हिसाबले चिनाउने सुपा देउराली मन्दीर , पाणिनी तपोभुमि, अर्घा भगवति दरवार लगायत विभिन्न मठमन्दिरहरुको जगेर्ना गर्न बाँके बासीले पहल कदमी चाल्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा अन्त्यमा केन्द्रका अध्यक्ष खनालले आपसी भाईचारा सम्बन्ध, जन्मस्थानको भौगोलिक, साँस्कृतिक, इतिहासिक र पौराणीक संम्पदाको संरक्षणमा जोड दिने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP