Trend
बिहिबार , साउन २, २०८२

केपी भुसाल  ‘अजस ’

कुनै एउटा ठूलो गाउंका मानिसहरू पधेरोबाट पानी बोकेर उनीहरूको दिनचर्या चलाइ रहेका थिए । धेरै मानिसको पानीको श्रोत एउटै पधेरो, त्यो पनि कुवा थियो । गर्मी बढ्दै गएपछि पानीको मूल सुक्दै जान्थ्यो। पानी लिनजादा पधेरोमा पालो पर्खनु पर्दथ्यो । मानिसहरू रातीमै पानीको जोहो गर्न थाले । रातीमा पनि कुवामा पानी कमी हुन थाले छ । त्येसै समयमा एकजना बुढीआमाले यसो भनिछिन्न’ ए दिदी बहिनीहो, था पायौ, आजभोलि पधेरोमा बाघ पनि आउन थालेछन् ।

आज बिहानपख म पधेरोमा गएकी थियें, पधेरोमा ता सातवटा बाघ बसेका थिएनि, झन्नै मलाई सिद्धाएनन’’आमाका यस्ता कुरा सुनेपछि’’बाघ पनि कहि सातोटा एकै ठाउँ बस्न सक्छन् , यो कुरा हुनै सक्दैन ।’’ यसो भन्दै एकजना महिला कड्किन । ’’होइन पाँचवटात पक्कै थिए’’ बुढी आमाले कुरा फेरिन।’’नचाहिदो कुरा कहाँ पाचँ पाचोटा बाघ एकै ठाउँ बस्न सक्छन् ।’’ अर्कीले कुरा थपिन् । होइन ’’तिनवटा त पक्कै थिए’’ आमाले जिद्दी लिइन् । यसो भनि रहदा पनि बुढीआमाका कुरा कसैले पत्याएनन् । ’’उसो भए दुइटा त म घटाउदै घटाउदिन’’ बुढी आमाले फेरि जर्कदै भनिन् । यसो भन्दापनि कसैले पत्याएनन् ।

तव सबै एक मुख भएर बुढीआमाको सातोजानेगरि करएछन् । यसपाली भने बुढीआमा लत्रदै ’’कुन्नितो खोसेर खोसेर गर्दै थियो । के हो ? भन्दै खिसिक्क हाँसिछन । यसरी बुढीआमाका एक्लै पानी बोक्ने सपना सबै चक्नाचुर भएछन् । अरूले हिस्स बुढी खिस्स दाँत भनेछन्।मान्छेको सोंच न हो ।
प्रकाशन मिति :२०७९ माघ १३

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 25 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

TOP