Trend
बुधबार , फागुण ६, २०८२

माघ २२- अर्घाखाँची मिलन केन्द्र बाँकेको चौथो अधिबेशन तथा बन भोज कार्यक्रम शनिवार सम्पन्न भएको छ। अधिबेशनबाट नेपालगन्जका बिष्णु खनालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ। जसको उपाध्यक्षमा करिश्मा खातुन र बुद्धि प्रसाद बन्जाडे, सचिबमा कृष्ण मरासिनी, सहसचिबमा रामशरण पन्थी र कोषाध्यक्षमा किरण खनाल चयन भएका छन। केन्द्रको सदस्यहरुमा  रेणु बेल्बासे, जीव नारायण बेल्बासे, कल्पना शर्मा, दामोदर खनाल ,पशुपति अर्याल , राम प्रसाद भुसाल लगायत रहेका छन।

भेलाले संविधान सभा सदस्य देबराज भार, मान बहादुर बेल्बासे, प्रभात ठकुरि,जर्नादन पोख्रेल, हलिम साहा र दिवाकर खनाल रहेको सल्लाहकार समिती समेत गठन गरेको छ। अर्घाखाँची जन्मस्थान भई बाँके जिल्ला भित्र स्थाई तथा अस्थायी रूपमा बसोवास गरि पेशा, व्यवसाय, अध्ययन एंव कर्मथलो बनाइ बसेकाहरु बिच एकता हुने बिश्वास गरिएको बताइएको छ। संस्थाले अगामी दिनमा के कस्ता काम गर्ने भन्ने बिसयमा गम्भीर छ्लफल गरि विभिन्न कार्य योजना बनाएको छ। यस अघि कोहलपुर र बैजनाथ समेट्ने गरि कोहलपुरमा पनि बृहत भेला भएको थियो।

कार्यक्रममा संविधान सभा सदस्य देवराज भार, नेपालगंज प्रहरी गुल्मका प्रमुख एस. पि .मित्र बन्दु शर्मा, बैजनाथ उधोग बाणिज्य संघका अध्यक्ष जर्नादन पोख्रेल,पुर्व अध्यक्ष प्रभात ठकुरी एंव नि. बर्तमान अध्यक्ष हलिम शाह लगायतले केन्द्रको महत्त्व बारे चर्चा गरेका थिए। source:kohalpurtimes.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP