Trend

के पी भुसाल ‘अजस’

आमा कोखदियौ खुसीर मनले राख्यौ महिनौं अनि,
कैयौं कष्ट सहेर यो तन दियौ धर्ती कुचायौ पनि,
मायाँ काख दियौ सधै अमृतका धारा मलाई दियौ,
आमा ज्ञान दियौ र जात महिमा मुस्कान धेरै दियौ ।

आमा काखलिएर नित्य खुसले खान्थ्यौ खुवाउ्दै अनि,
काख्मै शौचहुदा कुनै समयमा धुन्थ्यौ खुसीले पनि,
मेरै कारणले चिसो शयनमा आफै उसैमा सुति,
दिन्थ्यौ न्यानु सधै प्रसन्न मनले बिग्रेन तिम्रो मति ।

मेलापात गए हतार गरने बच्चा छ सानो भनि,
केही खाँनपरे मिठो र मसिनो बच्चा सधै संझनि,
खेल्दा आँगनमा प्रसन्न मनले ताते गराउ्थ्यौ अनि,
भाषाज्ञान दिएर सानु म हुदा सारै रमायौ पनि ।

गर्थ्यौ कामसधै ठुला वजनका तिम्रा जमाना दुखी,
विज्ञानी सबकामले हुनगए ऐले जमाना सुखी,
पानीका दुःखले बिहान वितने टाढा पधेरो हुदा,
मेलापात झनै थिए कठिनका भारी सधै बोकदा ।

चिन्ता धेरहुदा दुखी मनहुदा शीतार्द्र छर्थ्यौ तिमी,
खाँना क्यै दिनमा नखाइ डुलदा झोंक्रेर बस्थ्यौ तिमी,
दिन्थ्यौ रोष दुखीहुदै तरखुबै हुन्थ्यौ अधेरी तिमी,
आमा ज्ञानविवेककी सहचरी दैवज्ञ नै हौ तिमी ।

आमा कोख दियौ अपत्य जतिछौँ संझेर वर्दान हरि,
हुर्कायौ जननी खुसी मनधरी कुल्चेर पीडा झरी,
दिन्थ्यौ पोषण सानमान सबको खर्चेर औकात अति,
गर्थ्यौ स्नेह बराबरी हरघडी दिन्थ्यौ भएको जति ।

तिम्रो जीवन उत्तरार्ध हुनगयो पीडा सकस्को अति,
चिन्ता धेरहुदा र गाथ दुखदा बिग्रेन तिम्रो मति,
तिम्रा साख चिन्यौ तसै बखतमा सेवा कसोरी भयो,
हे माता जननी छ याद अहिले पीडा असाध्य थियो ।

हे माता सहजै गयौ क्षितिज त्यो तैरेर पारी गयौ,
धर्तीको सब पञ्चतत्त्व तन त्यो छाडेर टाढा गयौ,
तिम्रो भौतिक देह मूर्ति थलमा हेर्दा नदेख्दा पनि,
झल्को यो मनमा छदै छ अटलै आमा थियौनी भनि ।

आमाहुन् अनमोल साख सबकी ठूली दयासागर,
माताको महिमा अपत्य सहजै बुझ्ने कहाँ हुन्छर,
आमा हौ अवतार योजगतकी देवीसरी मान्दछु,
आमाहुन् धरती ठुलाहृदयकी हार्दिक पूजा गर्दछु ।।

प्रकाशन मिति : २०८० बैशाख ७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP