सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
बैशाख १२ अर्घाखाँची-

सेभ द चिल्ड्रेन,ग्लोबल फण्डको सहयोगमा अर्घाखाँचीमा बिगत दुई बर्षदेखि टिभि तथा एच.आई.भि. रोकथाम र सचेतना सम्बन्धी कामगर्दे आईरहेका दुई संस्थाहरु मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र र सन्देश सहयोग समुह अर्घाखाँचीको संयुक्त आयोजनामा मंगलवार सदरमुकाम सन्धिखर्कमा सरोकारवालाहरुसंग समन्वय बैठक तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जिल्लामा दुवै संस्थाहरुको खटनपटन राम्रो रहेको भन्दै संस्थाले गरेको कामको प्रसंशा गर्नुभयो । कोइरालाले संस्थाले गर्ने कार्यक्रम सफल बनाउन आफुहरु आवश्यक सहयोग र समन्वय गरी हातेमालो गर्न तयार रहेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी मिना अर्यालले संस्थाले गरेको कार्य सराहनीय भएको भन्दै थप सफलता सहित निरन्तरताको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रकी अर्घाखाँची जिल्ला कार्यक्रम अधिकृत गिता भुसाल र सन्देश सहयोग समुहकी कार्यक्रम अधिकृत पार्बता थापाले संस्थाले जिल्लामा हालसम्म गरेको कार्यप्रगति,उपलब्धि, भाबि योजना, र चुनौति लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाको अध्यक्षता, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रका कार्यकारी निर्देशक बिजय कुमार श्रेष्ठको स्वागत मनतब्य र केन्द्रका अनुगमन तथा मुल्याङ्कन अधिकृत प्रज्वल पहाडीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा एचआईभि पोजेटिभ भएका व्यक्तिहरुको अबस्था,एआरटी औषधि प्रयोग लगायत एचआईभि संग सम्बन्धित बिविध बिषयहरुमा छलफल समेत भएको थियो ।

स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा गैर सरकारी संस्था लोकतान्त्रीक महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल मल्लरानि ग्रामिण बिकास सरोकार केन्द्रका सहसचिव पशुपति श्रेष्ठलगायतले मनतब्य राख्दै संस्थाले गरेको कामको मुक्त कण्ठले प्रसंशा गर्नुभएको थियो ।

 

 


Last Updated on: August 24th, 2024 at 4:56 am
३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया