के पी भुसाल ’अजस’
दुईहजार् अठार् साल,बैशाख् गते एक्मा,
राजनैतिक् विभाजन, भयो नेपालमा,
पचहत्तर् बने जिल्ला , बने चौध अञ्चल्
लुम्बिनीका छ जिल्लामा,अर्घाखाँची अब्बल् ।
जिल्ला बने अञ्चल बने, सिमा कायम रहे,
धेरै ठाउँ प्रशासन्का , ब्लक कायम् भए,
गुल्मी जिल्ला तम्घासमा,ब्लक कायम् भयो,
अर्घाखाँची जिल्ला पनि , तम्घास् हेर्ने भयो ।
अर्घाखाँची जिल्लाबासी,तम्घास जाने गर्थे,
सरकारी कामकाज , त्येहींबाट हुन्थे,
दुइहजार् बाइस् साल्मा,ब्लक तम्घास फुट्यो,
अर्घाखाँची जिल्ला भित्र,ठाउँ खोज्दै डुल्यो ।
बास बस्यो वाङ्ला आइ , केहीदिन रात,
खाँचीमैदान बस्यो ब्लक,भएन् स्थायी बास,
केही दिनमा ठाडा झर्यो , स्थायी बस्न भनि,
केहीवर्ष राम्रोसंग , ठाडा बस्यो पनि ।
दुईहजार छब्बीस साल्मा, फेरि ब्लक सर्यो,
नर्पानीमा ब्लकबसी , सेवादिन थाल्यो,
आधादशक भन्दा बढी, नरपानीमा बस्दा,
स्थायी बस्ने आधार् भएन्, धेरैकुरा बुझ्दा ।
दुइहजार् बत्तीस् साल, असौज् छब्बीस गते,
अड्डा सर्यो सन्धिखर्क, भयो काम फत्ते,
सन्धिखर्क खर्कै थियो, थेन बस्ती बारी,
थियो ठूलो चउरता, थियो वयर घारी ।
चुत्राबेशी वारिपारी, कच्चीघर थिए,
तिनै घर्मा अड्डारहे सेवा राम्रै दिए,
सन्धिखर्क बनेघर , छिटोछिटो जसै,
अड्डा पनि सर्दै गए, नयाँघर्मा तसै ।
सन्धिखर्क चुत्राबेशी, विकाश हुदै गयो,
विकासले गति पनि, छिटोछिटो लियो,
कति राम्रो चुत्राबेशी, सन्धिखर्क उस्तै,
घुमौं हजुर् अर्घाखाँची, ठाउँ हेर्दै बस्दै ।।
क्रमश ……..
प्रकाशन मिति : २०८० फागुन ५