Trend

के पी भुसाल ’अजस’

रहेछ जीवन् अनमोल यात्रा,
बाटा अनेकौं जखमै छ हिड्दा,
देखिन्न काँडा पथमै टलक्क ,
रोकिन्छ खुट्टा किनहो ,

यात्रा कसैको दुखसाथ हुन्छ,
जाने नजाने पनि हिड्नु पर्छ,
जन्मै हुदा नै सुरु सैर हुन्छ,
यात्रा सबैको अनिवार्य हुन्छ,

आयो अकेलै नत हुन्छ कोही,
फिर्ता हुदा साथ नलान्छ केही,
रोहेर नाङ्गै मनु टेक्छ वल्लि,
हुर्कन्छ बुझ्दै कलिका विचल्ली,

बन्दैछ मान्छे कपटी र धुर्त,
भेटिन्न हेलै मनको पवित्र ,
बोल्दा वचन्को सब हुन्छ ठिक्क,
स्वभाव बुझ्दा मन हुन्छ दिक्क,

मनुष्य चोला सपना सरी हो,
लिने सबैले अनुभूति नै हो,
राम्रो गरेमा सुख शान्ति हुन्छ,
तनाव लिएमा दुख मात्र मिल्छ,

संघर्ष हो जीवन भिड्नु पर्छ,
साँचो गरेमा रस स्वाद मिल्छ,
कर्तव्य भुल्दै रस पान गरे,
बिग्रन्छ औकात विवेक विर्से,

मनुष्य चोला अनमोल ठाँन,
खोजेर मिल्दैन भनेर जान,
सु काम गर्दा दिल साफ हुन्छ,
मिथ्या गरे जान तनाव बढ्छ,

मनुष्य जीवन् अभिराम यात्रा,
उत्साह ज्यादा हुनुपर्छ छुट्दा,
यात्रा कसैको असमान्य हुन्छ,
फट्को नपार्दै अवरोध हुन्छ,

छ जानु टाढा पथ हो चुनेर,
उदेष्य ठूला मनले चुमेर,
कर्तव्य पूरा गरि छाड्नु पर्छ,
जे हात लाग्ला मन थाम्नु पर्छ,

सारा जगत् यो सहजै बुझिन्न,
तृष्णा नत्यागे मन शान्ति हुन्न,
सत् ज्ञानको जलधी तरेमा,
बुझिन्छ जिवन् मनमै गुनेमा ।।

प्रकाशन मिति : २०८० फागुन ३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता


TOP