Trend
शुक्रबार , कार्तिक २९, २०८२

                                                       के पी भुसाल ‘अजस’

राम्रा काम गरे यसै जगतमा निन्दा कहाँ हुन्छ र ?
घाती जो कनता समाज बिचमा माया कहाँ मिल्छ र ?
पापी सोंच विषाक्त क्वै हृदयको हेर्दैन सोझो तर,
रक्षा खातिर टक्रने मनुज ता छड्के कहाँ हेर्छ र ?

भ्रष्टाचार हुदा खुसामद नभै फत्ते कहाँ हुन्छ र ?
सादा जीवन ता ठगी कपटमा लम्पट् कहाँ हुन्छ र ?
जाली भ्रष्ट र पातकी जनहरू सच्चा हुदैनन् तर,
पूर्खाको इतिहासमा खुसहुने टेढो कहाँ बन्छ र ?

घुस्याहा पनिता कतै घुस लिदा आफै कहाँ लिन्छ र ?
संझौता नखरा क्षिपेर नभई खुल्ला कतै हुन्छ र ?
माटोको ममता बुझेर जुटने झुक्ने हुदैनन् तर,
ज्ञानी कर्मठको सही वचनको बत्ती कहाँ निभ्छ र ?

साँचो सत्य कुरा गरेर हिडने प्यारो कतै हुन्छ र ?
झुट्टा आस दिने समाज बिचमा जुम्सो कहाँ बन्छ र ?
स्वार्थीमा अधुना सचित्त ममता भेटिन्न केही तर,
मायामा सुखदुःखको बहसले के नै कहाँ रोक्छ र ?

ईष्या धेर लिने छुचो अधमले पीडा कहीँ बुझ्छ र ?
अज्ञानी कपटी जुको अमिरले तृष्णा कहाँ मेट्छ र ?
धर्ती पार हुँदा कुनै दिन भने जाने छ नाङ्गै तर,
ठूलो सानु भनेर कालगतिले, कैले विभेद् गर्छ र ?

साँचा काम भए पवित्र मनमा नेपथ्य चाहिन्छर ?
कोदो सर्सिउँ नै मिसावट भए, के तेल झर्ने छ र ?
सच्चा ज्ञान विवेकको जन भने पाउन्न मौका तर,
जाली धूर्त जुका कलङ्कित भए काँडा कतै बिझ्छ र ?

धेरै काम समाज बीच सबले, मिल्दै गरे हुन्नर ?
झोले भै कनजो सघाइ नरहे औकात गुम्ने छर ?
जन्ताको बल नै सधै अजर हो एक्ता भएमा तर,
जन्ताको मन नै अदालत नहो के नै अरू हुन्छर ?

प्रकाशन मिति : २०८१ भदौ ३०

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक २६, २०८२ मंगलबार 10 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 10 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 14 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 18 Views

गजल

  अषोज ११, २०८२ शनिबार 19 Views

गजल

  अषोज ११, २०८२ शनिबार 24 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

ताजा अपडेट
धेरै पढिएको

TOP