बुधबार ०६ साउन २०८३

बहर मुतकारिब मुसम्मन सालिम
अर्कान फऊलुन् ×४
वजन १२२ १२२ १२२ १२२

गरेँ प्रेम औधी सधैँ लात पाएँ
उसैबाट मैले ठुलो घात पाएँ

भएको छ यौवन स्वयम् आज बाँझो
अहङ्कार छायो फिका रात पाएँ

चढाएर बिन्ती अहो ख्याल गर्दा
बनाए शयन झैँ निकै मात पाएँ

हिया माझ उसले लगाएर अग्नि
वितण्डै वितण्डा र उत्पात पाएँ

अँध्यारो निशामा सहेँ कष्ट धेरै
लछार्ने पछार्ने मुडी हात पाएँ

✍️प्रकृति कुमारी शर्मा
अर्घाखाँची

प्रकाशन मिति :२०८२ जेठ १०


Last Updated on: May 24th, 2025 at 8:06 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया