Trend
शुक्रबार , कार्तिक २९, २०८२

बहर मुतकारिब मुसम्मन सालिम
अर्कान फऊलुन् ×४
वजन १२२ १२२ १२२ १२२

गरेँ प्रेम औधी सधैँ लात पाएँ
उसैबाट मैले ठुलो घात पाएँ

भएको छ यौवन स्वयम् आज बाँझो
अहङ्कार छायो फिका रात पाएँ

चढाएर बिन्ती अहो ख्याल गर्दा
बनाए शयन झैँ निकै मात पाएँ

हिया माझ उसले लगाएर अग्नि
वितण्डै वितण्डा र उत्पात पाएँ

अँध्यारो निशामा सहेँ कष्ट धेरै
लछार्ने पछार्ने मुडी हात पाएँ

✍️प्रकृति कुमारी शर्मा
अर्घाखाँची

प्रकाशन मिति :२०८२ जेठ १०

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक २६, २०८२ मंगलबार 10 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 10 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 14 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 18 Views

गजल

  अषोज ११, २०८२ शनिबार 19 Views

गजल

  अषोज ११, २०८२ शनिबार 24 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

ताजा अपडेट
धेरै पढिएको

TOP