Trend
बुधबार , फागुण ६, २०८२

के पी भुसाल ‘अजस’

आयो हितैषी ऋतुराज बसन्त,
ल्यायो चिनारी मजुरा असङ्ख्य,
नङ्गा र फुस्रा सब वृक्षलाई,
बहार छायो खुसको रजाइँ ।

बेसी तराई भिर टापु लेक,
पाखा पखेरा धरतीमा अनेक,
हट्छन् निखुर्का मुजुरा पलाए,
टुट्दैन सोभा मधुमास छाए ।

झ्याम्मै परेका वनभित्र घुम्दै,
लुक्छन् मिठासी पिकचारु बास्दै,
लता लतामा नचरी लगाइ,
हुन्छन् चरीका अनुपम् रजाइ ।

गर्मी बढेको अनुभूति गर्दै,
खोज्थे छहारी सबजन्तु डर्दै,
बसन्त ल्यायो भरिलो छहारी ,
थप्यो सबैमा मनको भकारी ।

रहेछ धर्ती शिवकै कमान,
बन्दैन कोही उनको समान,
नगर्नु बेस कसैले दुराशा,
छ पञ्च तत्व प्रभुकै भरोसा ।

बसन्त छायो धरती पछाइ,
बहार गर्दैन सधै रजाइँ
देखिन्छ पन्छी फलमा तरङ्ग,
लिन्छन् सबैथल्,चरनै उमङ्ग ।

ए भाइ पीडा मनका हटाउ,
बसन्तको राज सगै रमाउ,
चाहेर मौका बसमा अठिन्न,
सन्जोग बुझ्दा पछुतो रहन्न ।

दिदी र बैनि वनभित्र जाउ,
मुना हेरेर नवसोच् बनाउ,
पानी पनेलो बगि जान्छ जस्तै,
मनुष्य चोला पनि हुन्छ उस्तै ।

उदेक मानेर,हरेस् नखाउ,
बरु खुसी भै उद्यान धाउ,
अदृश्य शक्तिको,तपमा रमाउ,
चिन्ता विचल्ली मनका धपाउ ।

मिल्दैन खोजेर,बहार नित्य,
अपार शक्ति प्रभुको छ दिब्य,
कृपा उनैको चरमा छ उच्च,
घुम्दा नथाक्ने ऋतुराज् बसन्त ।।

प्रकाशन मिति  :२०७९ चैत्र २५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP