
के पी भुसाल ’अजस’
विकासका लहरले गाउँ बस्ती ढाक्दै छ,
दिनदिनै मान्छे धेरै बसाइ् सर्दैछ ।
बाटो पानी विजुली ता पुगि सक्यो टोल् टोल,
राम्रा राम्रा भवन् पनि बने स्कूल ।

पढ्न लेख्न टाठालाई विदेशकै रहर,
वेरोज्गार जानैपर्ने भयो कहर ।।
नेपालीका छोराछोरी विदेशमा हुर्किए,
गाउँघरका स्कूलमा ताला झुण्डिए ।
बाह्रकक्षा सम्म पढ्ने नेपालीको बाध्यता,
वी ए एम ए पढ्ने अरे विदेश् अबता ।
स्वदेशमा रोजगारका औसर् केही भएन,
युवालाई विदेश् नगै कामै चलेन ।
बृध्दबृध्दा बाबुआमा सेवा गर्न छाडेर,
जान्छन् छोरा प्रदेशमा वाध्य भएर ।
सन्तानला घरै राख्ने हुन्न कस्को रहर,
बिदा गर्छन् छोराछोरी मुटु मिचेर ।
छोरो थाल्छ खाडी मुलुक् बेल्चा गैटी समाउ्न,
बुहारीको सनक् चढ्छ शहर् पसन ।
छोराछोरी बोर्डिङ् स्कूल पढाउने निउमा,
शहर् पस्छन् बुहारीता कुरा गर्दैमा ।
कमाइ गर्छन् खाडीमा पचास साठ्ठी हजार,
तर हुन्छ श्रीमतीको शानै फरक ।
प्रदेशीले खाँन्छन् खाँना भुजा नुन मेलामा,
श्रीमतीको डेलीसर्विस् ब्युटीपार्लरमा ।।
गर्छन् काम प्रदेशीले रातदिन खटेर,
श्रीमतीले गर्छिन् मोज शहर पसेर ।
बाबुआमा भन्छन् रुँदै छोरा तिमी घर आऊ,
श्रीमतीले भन्छिन् सधै पैसा पठाऊ ।।
वित्यो जुनी प्रदेशमा होलाकिको आसमा ।
के को इच्छा पूरा हुन्थे कलियुगमा ।।
काम गर्ने जोसजाँगर प्रदेशमै सकेर ।
आउ्छन् घर प्रदेशीले रोग बोकेर ।।
होलाकिको आस भने प्रदेशीको मरेन ।
जति प्रदेश् बसे पनि घर सुध्रेन ।।
घरजम् राम्रो होला भन्दै पसिना बगायो ।
दश वर्षमा आउदा घर बासै हरायो ।।
बाबुआमा बृध्दाश्रममा छोराछोरी मावली ।
पराइ संग साथ लागिन् छैनन् दामली ।।
पुख्र्यौलीका बारी खेत बन्धकी र बाँझा छन् ।
प्रदेशीका जिन्दगी कतै यस्तै छन् ।।
गरिखाँने युवा शक्ति स्वदेशमा बसेन ।
मुट्ठीभरले पसिनामा गरे चयन ।।
उद्योगधन्दा बेचि खाए यो देशका नायक ।
लुछाचुँडी गर्छन् खाँन छैन विवेक ।।
दाजुभाइ दिदीबैनी कुरा अव बुझौंन ।
भ्रष्ट जाली हटाइ सबै अघि बढौंन ।।
युवालाई रोजगार दिनुपर्छ निकास ।
तवमात्र नेपालको हुन्छ विकास ।।
प्रकाशन मिति : २०८२ साउन २८