Trend

शोभा कडरिया कोइराला पाल्पा

आगो बल्दछ घोर कष्टमयमा, निस्केर धूवाँ पनि,
त्यो धूवाँ जनले नहेर्न मनमा, धिक्कार्दछन् ती पनि ।
शिक्षाको पथमा म जल्छु कसरी, को बुझ्दछ रत्तियो,
आफैँ भै निखरो अज्ञान हरुँला, संसार देखुन् नवो ।

अन्धकार छर्दै यो कुमार्ग जनमा, घुम्दैछ सर्वत्र नै,
साँचो बाटो छर्लङ्ग देखाउन यहाँ, खोज्दैन कोही कुनै ।
सद्भावै मनमा लिई म हिँड्छु, सम्झाउँदै सत्यता,
आशा गर्छु बुझून् अनन्त सुखमा, पाऊन् सबै भव्यता ।

पुस्तक कति पल्टाउँदै दिनहरू, बित्दा हुरीझैँ यहाँ,
नयाँ ज्ञान बुझाइदिन्छु सबलाई, बुझ्दैन कोही कहाँ ।
आफू नै अपुरो बनी किन सदा, दिन्छु म पूर्णता,
मैले पाएँ कि नाइँ कुनै खुशी, खोज्दिन यो रत्तिता ।

कोही डाक्टर बन्दछन् कति यहाँ, कोही ठुला इन्जिनियर,
कोही न्याय दिलाउने सबल ती, कोही बने छन् ब्यापार
ती सबै सपना बनी उडेछन्, आफैँ बनेर माथि नै,
मेरो कर्म भनेर गर्छु म सदा, बस्छु म सन्तोषमै ।

ज्योती बनी सदा म जल्न चाहन्छु, यो मार्गमा हिँड्दछू,
अज्ञानै हरियोस्, प्रकाश मिलोस्, यो कामना गर्दछु ।
यस्तो कर्म गरी नथाक्ने म यहाँ, सन्तुष्टि मिल्दा मलाई,
मैले नै भवितव्य बुझेर गर्छु, पर्खिन्नँ कुनै गुन लाई ।।

प्रकाशन मिति : २०८२ भदौ ७

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज ११, २०८२ शनिबार 5 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 6 Views

गजल

  अषोज ११, २०८२ शनिबार 10 Views

गजल

  अषोज ११, २०८२ शनिबार 11 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 9 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

ताजा अपडेट
धेरै पढिएको

TOP