शनिबार १३ आषाढ २०८३

केपी भुसाल ’अजस’ (उपजाति छन्द)
(मातृ वियोगमा बाल पीडा)
(८१)
माता तिमीता कसरी हरायौ,
तिमी खडा रै टुहुरी बनायौ,
छाडेर छोरी मनला बराल्यौ,
पवित्र छाती विषमा डुवायौ,
(८२)
आमा तिमीला मिलदा झकास,
मला अचाक्ली छ सदै निराश,
मेरो सदिच्छा पढने छदै छ,
भन्देउ माता सुविधा कता छ,
(८३)
आमा दियौ मानव रूप मात्र,
पाखा लगायौ नदिएर छत्र,
मायाँ दियौ काख छदा मसारी,
चटक्क छाड्यौ अलपत्र पारी,
(८४)
न कर्म पायें नत गास पायें,
तिम्रो खुसीले रजमा अटायें,
तिमी कता छौ भन सत्य ऐले,
त्यो काख तिम्रो बसुला म कैले,
(८५)
भुल्यौ तिमीले तनको दुखाइ,
कुल्चेर मेरा मनका रजाइ,
न हौन आमा रिसले भुतुक्क ,
कहाँ तिमी छौ भन है सुटुक्क ,
(८६)
तिम्रै झझल्को दिनरात लाग्छ,
यो बाल माता अझ साथ माग्छ,
निरीह माथा सुख मात्र ताक्छ,
छ भाग्य दुःखी मनला बराल्छ,
(८७)
पिता र माता हुन देव तुल्य,
मायाँ दुवैको अनमोल मूल्य ,
मायाँ पिताको अछुतो म हैन,
जानेर पाको अझसम्म छैन,
(८८)
माता तिमीले भन सत्य वात,
नहान यस्तो निठुरी छ घात,
ऋणी छु सारै दुधको छ भारा,
छ बन्नु तिम्रो पछिको सहारा,
(८९)
थकाइ निद्रा हटदा खुलेर,
झस्केर हाइ गरदै उठेर,
सुधा बसी मावली कै दलान,
सोचेर नाना भुलदै थकान,
(९०)
रुदारुदै आँसु सबै निखारि,
सोचेर बुझ्दै मनला समालि,
पढ्थी सुधा मावलमा बसेर,
देखाइ सारै हसिलो मुहार ।।

क्रमश…….

 


Last Updated on: December 29th, 2023 at 4:41 am
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया