Trend

के.पी भुसाल ‘अजस’

अर्घा नाम पवित्र ठाम छ जहाँ वंशज् भुसाल्मै अनि,
सारै सुन्दर फूल एक दुखले,फुल्दै गरे थ्यो पनि ।
आमा केशवती तथा जनकता,जीब्लाल नामै छदो,
छोरा तर्फ हिसाब मान गरदा,माहिलो टङ्कै नहो ।।

पंचायत् दल एकको मुलुकमा शासन् निरङ्कुश् छदा,
जन्ताका हक भोगता अतिव नै,कुण्ठित् भएकै हुदा ।
भेला भै हक खोजने जुलुसता,केही हुदै हुन्न थ्यो,
पंचायत् अतिरिक्त् अरू दलभए वन्दी हुनै पर्दथ्यो ।

दुई हजार् उन्चालीस वैशाख् मैना थियो,
पंचायत चुनावको हल्लीखल्ली बढ्यो ।
विचौलिया प्रशासक गरे साठगाँठ,
गिरफतार् भए टङ्क उन्कै घरबाट ।।

पिट्नु सम्म पिट्यो साारै लाठी बुट हान्यो,
यातनाको सिमा नाघि पीडा दिई मार्यो ।
सुन्दर् फूल फुल्दै थियो भुसाल वंश भित्र,
अनाहकै जेठ दुईमा चुँड्यो पापी धुर्त ।।

अस्त भयो तारा एक अ खाँ जिल्ला बाट,
मातापिता श्रीमती मा परयो ठूलो चोट ।
दुखीदाखी गरिवको गुम्यो दायाँ हात,
गुरु गुम्दा विद्यार्थी मा पर्यो ठूलो घात ।।

यस्तो निन्दित चालको सहिदले,पीडा सहेका कुरा,
एकाएक भयो प्रसारण खुबै चौतर्फ फैल्यो पुरा ।
चिन्ता धेर गरेर सज्जनहरू गर्थे विलौना अनि,
आफन्ती जनजो दिदी र बहिनी रुन्थे अचाक्ली पनि ।।

अर्घा शुन्य भयो खुसी गुमिगयो छायो सन्नाटा खुबै,
थाले भन्न जताततै अशुभभो, बुझ्थे कसैले रुदै ।
ठूलो मास बिचै त्रिबेणी पुरमा,दाहैसंस्कार भयो,
तारा एक उदाउदो क्रमछदै,अस्ताइ टाढा गयो ।।

टङ्कदाइ गयौ तिमी क्षितिज नै तैरेर टाढा गयौ,
तिम्रो भौतिकरूप ता शवभई,त्यागेर एक्लै गयौ ।
तिम्रा सोंच विचारले अटल छौ चम्की रहेछौ अनि,
गर्छौ आदर ता पवित्र मनले श्रध्दासुमन् नै भनि ।।

प्रकाशन मिति : २०८१ जेठ २ गते

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP