सोमबार ११ जेठ २०८३

मंसिर १८- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित चार जना नेताविरुद्ध  पक्राउ पर्जी जारी भएको छ। राज्यविरुद्धको कसुरमा ४ वर्षअघि दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो। अदालतले सोमबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै  २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरेको छ।

नेकपाकै उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामा(प्रज्वल) र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन भनिएको छ । म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि उल्लेख छ ।

२०७६ साल असोज ९ मा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो । त्यसैअनुसार जिल्ला अदालतले सोमबार सूचना निकालेको हो । thahakhabar


Last Updated on: December 4th, 2023 at 1:39 pm
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया