के पी भुसाल ‘अजस’
लाग्दछ मायाँ मलाई,मेरै लेक बेशीको,
बिहान हेर्छु पाखामा, झुल्के घाम परेको,
उक्काली हिड्दा थाकेर,चौपारीमा बसेको,
सक्दिन मैले विर्सन,चिसो हावा लिएको ।
हेर्दछु मैले सुनौला, हिउँचुलीका शिखर ,
दक्षिण हेर्दा देखिन्छ, अनाजको भण्डार,
झरना सङ्गै ओराली, झर्दै गीत गाएको,
सक्दिन मैले विर्सन, मिठो पानी पिएको ।
हितका साथी भुल्दिन,जन्म थलो छोड्दिन,
घनिष्ट सँगी भुलेर, नौलो प्रीति गाँस्दिन,
तिर्नु छ रिन मलाई , सच्चा आफ्नै कमाइ ,
कसोरी बस्नु म अब, यस्तै अन्त रमाइ ।
विहानी पख डालीमा, चिबे चरी बासेर,
डाक्द छ दिन सुनौंलो,उठ्छन् सारा हाँसेर,
फुल्दछ लालीगुराँस, राष्ट्रियता झल्काइ,
कसोरी छाड्नु यो माटो, भित्रीमन दुखााइ ।
माटोमा यहीँ उब्जेको, ताजा खाँना रसिलो,
पाइन्न यस्तो खोजेर , मिठो शुद्ध पोसिलो ,
पौरखी हात यी मेरा, यै माटोमा खेलाइ,
इच्छा छ साधा जिन्दगी ,बाँच्ने रम्ने मलाई ।।
प्रकाशन मिति : २०८० जेठ १९