Trend
बिहिबार , माघ २, २०८२

के पी भुसाल ‘अजस’

कैयौं द्वन्द्व बढे मनुष्य बिचमा, सङ्ग्राम ठूला भए,
धेरै भौतिक बस्तु नष्ट हुनगए, मान्छे निहत्था गए,
गोला बारुद बर्सदा जगतमा,कस्तो बिचल्ली भयो ,
घाती युद्ध हुदा अथा क्षति हुदा राम्रो कहाँ देखियो ।

उठ्छन् सस्त्र र अस्त्र हैकम दिदै स्वार्थी अचाक्ली अनि,
गिर्छन् ती खतरा मिसाइलहरू, बस्ती बिचैमा पनि,
गुम्छन् ज्यान कठै निरीह जनका,केही नजानी कन,
यस्ता घातक चालको लहडमा को हुन्छ हाँस्ने जन ।

पीडा दुःख विछोड रोदन सधै, ल्याउँछ सङ्घर्षले,
कैयौं सुन्दर भूमि खाक बनदा,को सुत्छ आनन्दले,
पुर्खा कै अनमोल भौतिक रचना,नामेट बित्था हुदा,
फर्कन्नन् तन बस्तु मासिनगए ,संसार शोक्मा रुदा ।

तृष्णा शत्रु बुझेर यो जगतमा, त्याग्दैन मान्छे किन,
यस्तो सुन्दर देह मानव जुनी, चिन्दैन कोही किन,
खोज्दा शान्ति सधै दुखी जनहरू,मिल्दैन हेलै किन,
दुःखीको घरमा सधै थपथपी,दुःखै थपिन्छन् किन ।

मान्छे नै अवता बुझौं अतिभयो, धर्ती विषादी भयो,
सारा भूतलनै विनाश गरने, क्षेप्यास्त्र बन्दोभयो,
धर्तीनै नरहे तसै बखतमा, प्राणी बचौंला कहाँ,
घाती संकट बाट जोगिन सके, सोर्गै समान् छ यहाँ ।

हप्की स्वाङ तनाव हैन नरमा, खाँचो छ सद्भावको,
गोली सङ्गिन खोज हैन अवता,चासो छ संयोगको,
लाठी बन्दुक बोक्नु हुन्न मनुले,नाता छ बन्धुत्व को,
त्यागौं द्वेष इबी सधै सबजना,बाटो लिदै शान्तिको ।।

प्रकाशन मिति :२०८० असोज २५

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP